दफा २६
विकास कर नबुझाएमा मालपोत बाँकी सरह असुल गरिने
(१) कसैले दफा २५ बमोजिमको म्यादभित्र विकास कर नबुझाएमा प्रचलित नेपाल कानुनबमोजिम मालपोत बाँकी राखे सरह कारवाई चलाई असुल उपर गरिनेछ । (२) उपदफा (१) बमोजिम विकास कर बाँकी राखेकोमा कारवाई चलाउँदा सम्बन्धित जग्गा लिलाम गर्नु पर्ने भएमा प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि त्यस्तो विकास कर लागेको जग्गालाई लिलाम बढाबढ गर्नु अघि नेपाल सरकार, निर्माण तथा यातायात मन्त्रालयको स्वीकृति लिई मात्र लिलाम गर्नु पर्छ ।